२०८१ मङ्सिर २३ गते आइतवार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


दाङ, २४ जेठ । दाङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दीनानाथ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दीनानाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस