२०८२ बैशाख ३० गते मङ्गलवार

बलत्कार मुद्धामा दुई फरार प्रतिवादी पक्राउ


दाङ, ३ जेठ । दाङमा बलात्कार मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । २०६७ साल कात्तिक २ गते महिलालाई बलात्कार गरी फरार भएका तुलसीपुर १६ का ५५ वर्षीय छविलाल चौधरीलाई आज प्रहरीले आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो ।

चौधरीलाई २०६७ साल चैत २५ गते दाङ जिल्ला अदालतले पाँच वर्ष कैद सजाए तोकेको थियो । उनी बलात्कार गरेदेखि नै फरार थिए । त्यसैगरी नाबालिका बलात्कार गरेको चार वर्षपछि अर्का एकजनालाई पनि प्रहरीले आजै पक्राउ गरेको छ ।

२०७७ साल भदौ ७ गते बलात्कार गरी फरार भएका तुलसीपुर-४ का ५५ वर्षीय रामबहादुर गन्धर्भ पक्राउ परेका हुन् । उनलाई २०८० साल मंसिर २२ गते अदालतले सात वर्ष कैद गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस