२०८१ जेष्ठ ९ गते बुधवार

राप्ती बबई क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी


दाङ, २ जेठ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेको कार्यकक्षमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

लामो समय देखी राप्ती बबई क्याम्पसको सुरक्षा गार्डका रुपमा काम गर्दै आईरहेका खिम बहादुर डाँगीलाई राजनीतिक हस्तक्षपको कारण क्याम्पस प्रमुखले मनोमानी ढंगले हटाउन लागेको भन्दै विद्यार्थीले ताला लगाएका हुन् ।

यस्तै विद्यार्थीहरुले संस्थाको हितको निम्ति कुनै काम नगर्ने र बारम्बार मनोमानी ढंगले हरेक क्रियाकलाप गरिरहेको, विद्यार्थी संगठनसँग भएका सहमतिको व्यवास्ता गर्दै आएकाले ताला लगाउन बाध्य भएको बताएका छन् ।

क्याम्पसले निर्णय एउटा गर्ने र कार्यन्वयन अर्को गर्दै आएको पनि उनीहरुको आरोप छ । १८औं साधारणसभाको दिन विद्यार्थीहरुले उठाएका बिषयहरु पनि छलफल गर्ने भनिएको तर अहिले सम्म कुनै बैठक नबोलाइएको र विद्यार्थीको हित विपरित क्याम्पस प्रशासन चलिरहेको उनिहरुको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस