२०८३ असोज १० गते शनिवार

गोरखा मोडेल कलेजको बिबिएस चौथो वर्षको नतिजा उत्कृष्ट


दाङ, १० असाेज ।  त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित BBS चौथो वर्षको वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको छ।
सार्वजनिक नतिजाअनुसार गोरखा मोडेल कलेज, तुलसीपुर–६, दाङ का BBS चौथो वर्षका ( आठौ व्याच ) विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेका छन्।
कलेजका अनुसार कुल परीक्षार्थीमध्ये ९८.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
उत्तीर्ण विद्यार्थीहरूमध्ये ४९ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् भने बाँकी विद्यार्थीहरू द्वितीय श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन्।
यो उत्कृष्ट नतिजा विद्यार्थीहरूको नियमित पठनपाठन, लगनशीलता, सक्रिय सहभागिता र निरन्तर मेहनतसँगै कलेजले प्रदान गरेको प्रभावकारी शैक्षिक मार्गदर्शन तथा शिक्षकहरूको अथक प्रयासको परिणाम भएको कलेजले जनाएको छ।
विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्न कलेजले नियमित कक्षा सञ्चालन, निरन्तर मूल्याङ्कन, परीक्षा तयारी, अतिरिक्त शैक्षिक सहयोग तथा आवश्यक परामर्शलाई प्राथमिकता दिँदै आएको छ। विद्यार्थी, शिक्षक, अभिभावक तथा कलेज प्रशासनको सामूहिक प्रयासबाट प्राप्त यस सफलतालाई कलेजले गौरवपूर्ण उपलब्धिका रूपमा लिएको क्याम्पस प्रमुख पूर्ण विक्रम डाँगीले बताउनुभयाे ।

उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई गोरखा मोडेल कलेज परिवार हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछ। साथै, यस सफलताका लागि योगदान गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूप्रति कलेजले हार्दिक आभार व्यक्त गरेको छ।

साथै कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावहारिक ज्ञान, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै अझ उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने बताएको छ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस