बिजौरी, १ जेठ । दाङको बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले स्वर्ण प्राशन विधिबाट उपचार सेवा दिन थालेपछि सेवा लिनेकोे संख्या अत्याधिक बढेको छ । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिनेलिने गरिन्छ ।
बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीले बच्चाहरुलाई पनि आयुर्वेद पद्धतिबाट सेवा दिने जानकारी दिनुभयो ।
डा.चौधरीकाअनुसार स्वर्ण प्राशन संस्कार जडिबुटी जस्तै मह, अश्वगंधा, शंखपुष्पी, वाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ ।
स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो । पत्रकार राकेश बस्नेतका अनुसार स्वर्ण प्राशन विधिबाट उपचार सेवा लिन आज बिहानै आफ्ना बालबालिकालाई लिएर आमाहरु लाइनमा लागेका छन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार