
सल्यान, १ जेठ । सल्यानमा फेरि श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । सिद्ध कुमाख गाउँपालिका-४ सागिनेको रतनतालमा अन्दाजी २९/३० वर्षका केसव राना र उहाँकी श्रीमती केशरी राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
केशवले श्रीमती केसरीको हत्या पश्चात् आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक दम्पतीका १५ दिनको नवजात शिशुसंगै २ छोरा र २ छोरी छन् ।
प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको पत्रकार इन्द्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो । आइतबार मात्रै बनगाड कुपिण्डे नगरपालिका ४ देउलिमा श्रीमानले श्रीमतीको हत्या गरि आफू पनि झुन्डिएर अवस्थामा फेला परेका थिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार