२०८१ जेष्ठ ९ गते बुधवार

सल्यानमा श्रीमतीको टाउको कोटर विभत्स हत्या, श्रीमान झुण्डीएको अवस्थामा फेला

सल्यान, ३० बैशाख । सल्यानमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उहाँकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको धमलाले जानकारी दिनुभयो । मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भै शरिर एकातिर र टाउको अर्कोतिर रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान प्रहरी प्रमुख डीएसपी नविक कार्कीको नेतृत्वले घटनास्थलमा पुगेर गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस