दाङ, २४ बैशाख ।
नेपाल स्वास्थ्य प्रविधिक संघ दाङले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान गरेको छ । संघले तुलसीपुरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान गरेको हो ।
संघका जिल्ला अध्यक्ष दोणर् बहादुर ओलीको अध्यक्षता तथा पूर्व राष्ट्रिय सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा भित्ते पात्रो विमोचन र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै खुसी, तन्दुरुस्ती भएर मन, वचन र कर्मले जनसेवामा समर्पित भएको बताउनुभयो । उहाँले गोपनीयतापूर्वक जनताको स्वास्थ्यको ख्याल राख्दै समुदायका दूर-दराजमा रहेका जनतालाई आधारभूत स्वास्थय सेवाको अधिकारको अनुभूति गराउन आग्रह गर्नुभयो ।
फ्लोरेन्स नाइटिङ्गेलले सेवा दिए जस्तै सेवा दिन तत्पर हुनुपर्ने उहाँको भनाई छ । त्यसैगरी संघका केन्द्रीय सचिव ओम प्रकाश न्यौपानेले यस संघले स्वास्थ्यकर्मीहरुका हकहितका लागि निरन्तर आवाज उठाउने गरेको र सरकारसंग सहकार्य गर्दै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पुर्याउन लागिपरेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीका पिर मर्का बुझ्दै , सुरक्षाको प्रत्याभूति गर्न र सुरक्षित तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न सरकार संग आग्रह गर्नुभयो ।
त्यसै गरी नेपाल स्वास्थ्य कर्मी संघ दाङका अध्यक्ष हरि पुनले सवै स्वास्थ्यकर्मीहरु एकजुट भएमात्र स्वास्थ्यकर्मीका दुःख ,पिरमर्काहरु तथा समस्याहरू समाधान गर्न सजिलो हुने बताउनुभयो ।
त्यसतै संगठनका केन्द्रीय सदस्य विष्णु कुमार गिरी, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रीय सदस्य गोपिलाल ओली,नारायण घर्ती,निर्वाचन आयोगका केन्द्रीय सचिव विमल केसी, राष्ट्रिय चिकित्सक संघ दाङका अध्यक्ष डा.पुष्प रिजाल , सचिव डा शिशिर पोखरेल लगायत संगठनका पदाधिकारीहरुले संघको उत्तरोत्तर प्रगतिको कामना र नया वर्षको शुभकामना दिनुभयो ।
कार्यक्रममा संघका जिल्ला कमिटीका पदाधिकारी, नगर कमिटीका पदाधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य बीरबल खड्का लगायतले अस्पताल ,स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य विषयमा अध्ययन गरी रहेका स्वास्थ्यकर्मी हरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा दाङ टेक्निकल ईन्स्टिच्युटका स्वास्थ्यकर्मीले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । संघका केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अध्यक्ष दोणर् बहादुर ओलीले आगामी वर्षमा दाङबाटै सबै भिन्न-भिन्न संघ संगठनमा रहेका स्वास्थ्यकर्मीलाई एकजुट गराउँदै यस संघमा आवद्धगरी अगाडि बढ्ने बताउनुभयो ।
कार्यकमको सञ्चालन संघका जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद भट्टराईले गर्नुभएको हो ।