२०८१ बैशाख २९ गते शनिवार

बिवाहमा नाच्ने क्रममा युवाहरुबिच झडप हुँदा सल्यानमा एक युवाको मृत्यु

सल्यान, १२ बैशाख । सल्यानमा युवाहरुबिच झडप हुँदा एक जनाएको मृत्यु भएको छ । कुमाख गाउँपालिका वडा नं. ६ मा भएको दुई समुह बिचको झडपमा परि सोही ठाउँका २० वर्षिया विकास वलीको मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता भवनी प्रसाद धमलाका अनुसार मंगलवार राती १० बजेको समयमा झारकाँडा र कौछेका युवाबिच भएको झडपमा परि घाईते भएका वलीको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

११ गते दिउँसो विकास वलीको आफन्तको घरमा विवाह भएको र साँझ नाच गर्ने क्रममा दुई समुह बिच भनाभनको स्थिती आएको र एक टोलीले विवाहको लागि बनाएको गेट भत्काइदिएपछि दुई समुहबिच झडप भएको स्थानीयको भनाइ छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस