२०८१ मङ्सिर २३ गते आइतवार

भर्ना भएको लामो समयसम्म पढाई नभएपछि क्याम्पसमा तालाबन्दी

दाङ, ११ बैशाख । तुलसीपुरमा रहेको कृषि क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् । क्याम्पसमा बिएससी एग्रिकल्चर पहिलो सेमेष्टरमा भर्ना भएका विद्यार्थीले ताला लगाएका हुन् । विद्यार्थीले भर्ना भएको लामो समयसम्म पनि पढाई सुरु नभएको भन्दै क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको क्याम्पस अफ लाईभ साइन्सेसमा भर्ना भएका विद्यार्थी आन्दोलित भएको विद्यार्थी मेघराज आचार्यले जानकारी दिनुभयो ।

क्याम्पसमा भर्ना भएको पाँच महिना पुग्न लाग्दा पनि पढाई सुरु नभएकाले बाध्य भएर विद्यार्थीहरु मिलेर क्याम्पसमा तालाबन्दी गरेको उहाँले बताउनुभयो । उहाँले बताउनुभयो । विद्यार्थीहरु रुकुम, रोल्पा, कैलाली लगायतको बाहिरी जिल्लाबाट पढ्नको लागि क्याम्पसमा भर्ना भएको उहाँले जानकारी दिनुभयो ।

अरु क्याम्पसमा पढाई सुरु भएर पनि आन्तरिक परिक्षा सुरु भइसकेको छ । तर क्याम्पस भफ लाईभ साइन्सेसले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप रहेको छ ।

यस्तै क्याम्पसमा भर्ना हुने बेला चारवर्षसम्म चार लाखमा पठनपाठन गराउने क्याम्पसंग सम्झौता भएको तर पछिल्लो समय बढी रकम माग गरिएको विद्यार्थीले बताएका छन् ।

चार लाख पनि किस्ता किस्तामा रकम बुझाउने सहमति भएको थियो । भर्ना हुँदा नै ८ जना विद्यार्थीले करिब ५ लाख रुपैंया क्याम्पसमा बुझाई सकेका छन् ।

विद्यार्थीहरुले मंगलबार (आज) एक विज्ञप्ती जारी गदै क्याम्पसमा भर्ना हुदाको सम्झौता अनुसार सोही रकममा दुई दिनभित्र पढाई सुरु गर्न माग गरेका छन् । त्यसैगरी यदि क्याम्पसमा पढाई सुरु हुन नसकेमा अन्य क्याम्पसमा ट्रान्सफर गराईदिन विज्ञप्ती मार्फत माग गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस