२०८१ बैशाख ११ गते मङ्गलवार

रोल्पाको एक युवती लागूऔषधसहित दाङबाट पक्राउ

दाङ, १५ चैत । लागूऔषध खैरो हेरोइन सहित दाङ प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रोल्पाको माडी गाउँपालिका ४ घर भई हाल घोराही उपमहानगरपालिका-१७ मा बस्दै आएकी २१ वर्षिया निर्जला घर्तीमगरलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले उनलाई घोराही उपमहानगरपालिका-१४ नयाबसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित बुधबारराति पक्राउ गरेको हो ।

उनलाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो । घर्तीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस