२०८३ असोज २६ गते सोमवार

तुलसीपुर कारागारमा कैदीबन्दीको आँखा जाँच


दाङ, ११ चैत । तुलसीपुर कारागारमा रहेका कैदीबन्दी दिल बहादुर थापा देब्रे आँखा देख्न सक्नुहुन्न । बिगत चार पाँच वर्ष देखि आँखा देख्न छोडेका थापा कारागार चलान भएपछि झन् आँखामा समस्या आउन थालेको गुनासो गर्नुभयो ।

जिल्ला कारागार सल्यानमा रहेका उहाँ आँखा उपचार गर्नका लागि कारागार कार्यालय तुलसीपुर आयको बताउनुभयो ।

शनिबार कारागार कार्यालय तुलसीपुर आयोजना तथा र नेपाल नेत्र ज्योति संघ राप्ति आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन भयको १ दिने निःशुल्क आँखा स्वास्थ शिबिरमा उपचार पाएपछि उहाँ अहिले खुसी हुनुहुन्छ ।

यति मात्र होइन मोतिबिन्दुको शल्यक्रिया हुने भएपछि उहाँलाई जीवनमा नयाँ आशा पलाएको महसुस हुन थालेको छ ।

कान कम सुन्ने नोखी खत्रीलाई आँखा देख्न नसकेपछि अरूको सहारामा हिड्नु खाने गर्नुपर्ने बाध्यता आएको छ ।

करिब ५ वर्ष देखि मोतिबिन्दुको कारणले एउटा आखाँ को सहारामा हिँडडुल गर्नु हुन्छ । कारागारमा उपचार पाएपछि अहिले तुलसीपुर कारागारमा रहेका तथा अन्य पहाडी जिल्लाबाट आएका आँखाका बिरामी सबै खुसी भएका छन् ।

यस्तै कारागारमा जीवन बिताइरहेका अनन्त बहादुर टमाटाले पनि मोतिबिन्दुको कारणले कम आँखा देख्न थालेको करिब ३० वर्ष भएको छ ।

जेल जीवनमा आँखाको उपचार पाउने कुनै आशा समेत थियन तर अहिले उपचार पाए उहाँले भन्नुभयो ।

कारागारमा कैदी जीवन बिताइरहेका आश्रितहरुको आँखा स्वास्थ्यको अवस्थालाई मध्यनजर गरी आँखा शिविरको आयोजना गरिएको कारागार कार्यालय तुलसीपुरका प्रशासक चिन्तामणि रेग्मीले बताउनुभयो ।

प्रशासक रेग्मीले धेरै कैदीबन्दी हरुको आँखामा समस्या भएकोले राप्ति आँखा अस्पताल संग समन्वय गरी उपचार सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

‘कारागारमा विभिन्न उमेर समूहका कैदीबन्दी रहेको र धेरै जना आँखाका बिरामी तथा प्रेसर सुगर थाइराइड तथा कोलस्ट्रोलका बिरामी आवश्यकता अनुसार विशेषज्ञ सेवा कारागारले दिँदै आएको जनस्वास्थ्य निरीक्षक दोणर् ओली बताउनु भयो ।

३१० जना कैदीबन्दीहरुले सेवा लिएका छन् जसमा २६१ जना पुरुष र ४९ जना महिला रहेकोछन् । जसमध्ये १० जनामा मोतिबिन्दु ,८ जनालाइ तत्काल उपचारको लागि रिफर गरिएको छ ।

६६ जनालाई निशुल्क नजिकको चस्मा वितरण गरिएको राप्ति आँखा अस्पतालका दृष्टि विशेषज्ञ सुजन रिजालले बताउनुभयो । दृष्टि विशेषज्ञ सुजन रिजालले नेत्र सहायक बालिका सेरपाइली, पवित्र चौधरी, दीपकराज गिरी, शुभम् पोख्रेल, योजना घर्ती र पूणर् ओली लगायतका टोलीले सेवा दिएको हो ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस