२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुरको मूख्य बजारबाट बिहानै लुटिए युवा


तुलसीपुर, १ चैत । तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका-१४ गोठुवा घर भइ हाल तुलसीपुर-६ डुम्रिगाँउ आफ्नै घरमा बस्दै आएका निसान्त बस्नेत बिहिवार (आज) बिहान पौने ५ बजेतिर लुटिनुभएको हो ।

बस्नेत र उहाँका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला बिहानमा तुलसीपुरको सबैभन्दा बढी व्यस्त र चहलपहल हुने बाहिनि चोकमा लुटिएको निश्चलकी आमा अमृता बस्नेतले जानकारी दिनुभयो ।

आफुहरु हिडिरहेको बेला एक्कासी हतारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भनेपछि आफुले मोवाइल दिएको तर मोवाईल दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल बस्नेतले बताउनुभयो ।

यसरी लुटिएपछि नजिकै रहेका केहि महिललाई गुहार मागेको तर उनिहरु सहयोग नगरेको पिडित बस्नेतले बताउनुभयो । चोरीका बारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० बजेपछि मात्रै आउनु भनेपछि निराश भएर घर फर्किएको बस्नेतले जानकारी दिनुभयो ।

यसरी मर्निङ वाकमा हिडेका नै लुटिन थालेपछि तुलसीपुर अझ बढी असुरक्षित त भएको पिडितको गुनासो छ । त्यसमा पनि प्रहरीलाई सुरक्षमा थप चुनौती भएको छ । मोवाइल लुटपाटका घट्ना तुलसीपुरमा नयाँ भने होईन यस अघि पनि तुलसीपुरका विभिन्न ठाँउबाट पैदलयात्रीका मोवाइल लुट्ने गिरोह पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस