रोल्पा, २१ फागुन । रोल्पामा एक युवाको शव फेला परेको छ । रोल्पा नगरपालिका वडा नम्बर १० धवाङका २९ बर्षीय मनिष पुन मगर वडा नम्बर ४ स्थित धाङसी खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
लिवाङ- धवाङ सडकखण्ड अन्तर्गत रिपाभिरबाट लड्दा मनिष धाङ्सी खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीले बताउनुभयो ।
भिरबाट लडेपछि खोलामा पुगेको र ढुंगामा अड्किएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक भण्डारीका अनुसार मृतक युवा शनिबार काठमाडौंबाट रोल्पास्थित घरतर्फ आउँदै गरेका थिए । टर्च लाइट बालेर एक्लै हिडिँरहेका उनी बेलुकी ९ बजेतिर भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार