२०८१ बैशाख ५ गते बुधवार

दुई प्रकारका बलत्कारी हुने रहेछन् : अधिकारी


दाङ, १९ फागुन । गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गर्नुभएको छ । उहाँले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्नुभएको हो ।

अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस