२०८१ माघ १ गते मङ्गलवार

भ्रष्टाचार मुद्धा लागेका लुम्बिनी प्रदेश सांसद यादव निलम्बित

दाङ, १३ फागुन । भ्रष्टाचार मुद्धा लागेपछि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बनमा पर्नुभएको छ । उहाँलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको हो ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाले उनी स्वत निलम्बनमा परेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ को (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो । यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस