२०८१ माघ २ गते बुधवार

पोष्टमार्टम गर्न बाँके पठाईयो, तुलसीपुरमा मृत भेटिएकी होटेल सञ्चालकको श्रीमतीको शव

तुलसीपुर,१२ फागुन । तुलसीपुरका एक होटेल सञ्चालकको श्रीमती मृत अवस्थामा फेला परेकी छन् । सल्यानको कालीमाटी गाँउपालिका-४ घर भई तुलसीपुर-५ नयाँबसपार्कमा रहेको कालीमाटी होटेलका सञ्चालक नारायण खरालको २४ वर्षिय श्रीमति मनिषा खराल मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द« मल्लले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता मल्लका अनुसार घरको दुई तला माथी टपमा रहेको टिनले छाएको कोठाको सिलिङ फयानमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खवर गरेको थियो । जानकारी पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियोे । शुक्रवार साँझ पौने पाँच बजेको घट्ना भएको प्रहरीले जनाएको छ । माईती तर्फका आमा-बुवा र आफन्त आउन ढिला भएपछि शनिवार मात्रै प्रारम्भिक अनुसन्धान सकेर  मनिषाको शवलाई पोष्टमार्टमका लागी राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सक नभएकोले पोष्टमार्टम गर्न नसकिने भनि शव फिर्ता पठाएपछि पोष्टमार्टमको लागि आजै (शनिवार) बेलुकानै भेरी अस्पताल नेपालगंजमा पठाईएको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनि डिप्रेसनको विरामी भएकाले नियमित औषधि सेवन गर्ने गरेको परिवारले जनाएको बुझिएको छ । उनका श्रीमान भने केही समय अघि मात्रै अमेरीकामा पुग्नुभएको थियो । घट्नाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस