दाङ, १२ फागुन । देवीसरा वली मेट्रो कलेजको कानुन संकायको छैठौँ सेमस्टरको विद्यार्थी हुनुहुन्छ । उहाँलाई कानुन पढ्दा पत्रकारिताबारे जान्न मन थियो ।
पत्रकारिताका आधारभूत ज्ञान आवश्यक परेको बेलामा कलेजमै पत्रकारिताको तालिमको आयोजना गरिएपछि उहाँलाई पत्रकारिताका धेरै कुरा जान्ने अवसर मिल्यो । ‘शनिबारदेखि तालिम शुरु भएको हो । पहिलो दिनमै पत्रकारिताका बारेमा धेरै कुरा सिक्ने मौका पाएँ ।’ उहाँले भन्नुभयो-‘क्यामेरा र माइक बोक्दैमा पत्रकार नहुने रैछ भन्ने कुरा बुझ,ेँ ।’
समाचार सम्पादकले सम्पादन गरेपछि मात्रै प्रकाशित गनुुपर्ने भन्ने कुरा तालिमबाट सिक्ने मौका पाएको उहाँले बताउनुभयो । ‘युट्युब, फेसबुकमा आउने सबै जानकारी समाचार रैनछन् ।’ उहाँले भन्नुभयो-‘भ्रम सिर्जन ागर्ने गरी सामाजिक संजालमा आउने सुचनाहरुबाट सचेत रहनुपर्ने रहेछ ।’
तुलसीपुर-१२ हरिपौरीमा रहेको कलेजमा कानुन पढ्ने विद्यार्थीलाई पत्रकारिता तालिम प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रको ज्ञान दिनका लागि दुई दिनसम्म तालिमको आयोजना गरेको कलेजका प्रमुख बसन्त आचार्यले बताउनुभयो ।
तालिमबाट कानुन पढ्ने विद्यार्थीलाई समाचार र समाचारका लागि आवश्यक पर्ने कुराको पनि बोध हुने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङले कलेजमा पत्रकारिता तालिमको आयोजना गरेको हो । तालिम शनिबारदेखि शुरु भएको प्रमुख आचार्यले बताउनुभयो । तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतका रहनुभएको छ ।
कलेजमा कानुन पढ्ने करिब ५० जना विद्यार्थीलाई तालिम प्रदान गरिएको छ । तालिम आइतबारसम्म संचालन हुनेछ । त्यस अवसरमा अध्यक्ष केसीले समाचार बन्नुपर्ने स्रोत, समाचार बनाउदा ध्यान दिनुपर्ने कुरा, पत्रकारिता क्षेत्रको इतिहासका बारेमा प्रशिक्षण गर्नुभएको हो । यस्तै अर्का प्रशिक्षक सुवेदीले रिर्पोटिङ गर्दा ध्यान दिनुपने कुराको बारेमा प्रशिक्षण गर्नुभएको छ ।