२०८१ बैशाख ५ गते बुधवार

शारदा सिस्ने बोर्डिङ स्कुलले मनायो, १६ औँ वार्षिकोत्सव

तुलसीपुर, ५ फागुन । शारदा सिस्ने बोर्डिङ स्कुलले शनिबार १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला गरेको छ ।

तुलसीपुरमा रहेको बोर्डिङ स्कुलले शनिबार विभिन्न कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष देव बहादुर वलीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यता एवं तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष जिसीले संस्थागत विद्यालयले प्रतिष्पर्धात्मक जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक नारायण लामिछानेले बालबालिकालाई शिक्षामा अब्बल बनाउन शिक्षकसंगै अभिभावकको भूमिका पनि महत्वपूणर् रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक सरिता शर्मा र संजय बर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस