दाङ, ५ फागुन । दाङमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएराती साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उनीसँगै अन्य १०/१२ जना व्यक्तीहरु पनि जंगलमा गएको बुझिएकाले उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार