२०८१ माघ ३ गते बिहिवार

घोराही श्रीमानको गोली प्रहारबाट महिला प्रहरीको हत्या

दाङ, ३ फागुन ।
दाङमा गोली प्रहारबाट एक महिला प्रहरीको मृत्यु भएको छ ।

घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको श्रीमानले गोली प्रहार गर्दा मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टी मोटसाईकलमा’ आएका श्रीमान यमबहादुर झाक्रीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

उनलाई लमहीको अर्जुनखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । झाक्री नेपालगञ्जमा कार्यरत रहेका थिए ।

करिब तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस