२०८१ असार ३० गते आइतवार

घोराहीमा अज्ञात समूहको गोली प्रहारबाट महिला प्रहरीको मृत्यु


दाङ, ३ फागुन । दाङमा अज्ञात समूहको गोली प्रहारबाट एक प्रहरीको मृत्यु भएको छ ।

दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टी मोटसाईकलमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस