दाङ, २८ माघ । चोरीका घटना बढ्दै गएकाले सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा आफ्नो घर, ठेगानाका विवरण सार्वजनिक नगर्न पनि प्रहरीले भनेको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा राखिएको वा भनिएको जानकारीका आधारमा चोरी भएका तथ्यहरू आउन थालेको र यसमा जनचेतनाका काम पनि भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानीरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा ३ हजार १ सय ८८, ७९/८० मा ३ हजार ६ सय १९ र २०८० /८१ को पुस मसान्तसम्ममा १ हजार ८ सय ५० वटा चोरीका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
प्रत्येक आर्थिक वर्षमा चोरीका घटना बढ्दै गएको देखिन्छ ।
प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार