२०८१ बैशाख ११ गते मङ्गलवार

रोल्पामा एक पुरूष मृत अवस्थामा फेला



राेल्पा,११ माघ । रोल्पामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।  त्रिवेणी गाउँपालिका ७ निवासी अन्दाजी ४० बर्षका शोभाराम बुढाथोकी मृत अवस्थामा फेला परेका हुन् ।


माघ ९ गत्ते ससुरालीबाट घर फर्किएको तर घर नआएपछी बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको घरपरिवारले खोजी गर्दा बिहिबार बिहान करिब ८ बजे घर देखि करिब ५०० मिटर तल बाटोमा मृत अवस्थामा फेला परेका थिए ।


अनुसन्धान गर्दै जादा त्रीवेणी गाउँपालिका ७ गर्गरे निवासी अन्दाजी ५८ बर्षका बल बहादुर बिक, छम्पा निवासी अन्दाजी ३० बर्षका गणेश डाँगी र १६ बर्षका खुस्मान डाँगीलाई सोधपुछको लागि प्रहरिले हिरासतमा राखेको छ ।


घटनाबारे बुझ्‍न तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । घाइतेको टाउकोमा र अनुहारमा गम्भीर चोट लागेको छ ।
शबलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ । घटनाबारे बिस्तृत बिवरण भने आउन रहेको बाकी छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस