२०८१ बैशाख ५ गते बुधवार

रड प्रहार गरी श्रीमानले गरे, श्रीमतिको हत्या


दाङ, ७ माघ । तुलसीपुरमा श्रीमानले स्टिलको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमति ४२ बर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

रक्सीले मातेका पेण्डुवाले गएराती १० बजेतिर श्रीमतीलाई रड प्रहार गरेका हुन् । रड प्रहारबाट घाइते श्रीमती लक्ष्मीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले पेण्डुवालाई गएराती नै पक्राउ गरिसकेको प्रवक्ता मल्लले बताउनुभयो ।

प्रहरीका अनुसार श्रीमतिको हत्यापछि पेण्डुले आफ्नी श्रीमति हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । सहयोगका लागि पुगेका दुई छिमेकी माथि पनि पण्डुले रड प्रहार गरि घाइते बनाएका छन् । तर उनीहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस