सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ ।
झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगरमा भखरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि शनिबार बिहान संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपात गरेका हुन ।
बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ ।त्यसपछि दुई समूहबीच झडप भएको थियो ।
सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।
भिजिट कणर्ाली यातायातका प्रकाश खड्काले बिना कारणविना एक्कासी आएर कर्मचारीमाथी हातपात गरिएको बताउनुभयो ।
उहाँले पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएको बताउनुभयो । नयाँ आउँने प्रतिस्प्रधी व्यवसायीहरुमा चौतफी प्रहार हुने गरेको उहाँले बताउनुभयो ।
दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।