२०८१ बैशाख ५ गते बुधवार

बालिका बलत्कारको आरोपमा तीन जना पक्राउ

दाङ, ५ माघ । दाङमा बालिका बलत्कारको आरोपमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले सात वर्षिय बालिकालाई बलत्कार गर्ने र गर्न लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बालिका बलत्कारको आरोपमा राजपुर गाउँपालिका वडा नम्बर ६ का १० वर्षिय दुई जना बालक र बलत्कार गर्न दुरुत्साहन गर्ने राजपुर गाउँपालिका वडा नम्बर ७ का ४३ वर्षिय सुकबिर कुमाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस