२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनीका दुई नवनियुक्त मन्त्रीको सपथ आज

दाङ, ८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुको सपथ आइतबार बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने भएको छ भने प्युठानका सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मध्ये एक मन्त्रालय दिने तयारी भएको छ ।

गत बैशाख १४ गते एमाले र राप्रपा बाहेक ८ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सत्ता साझेदार दलहरुको वीचमा सहमती कायम नहुँदा सरकार बनेको झण्डै ९ महिना सम्म पनि सरकारले पूणर्ता पाउन सकेको थिएन ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुनुहुन्छ । कांग्रेसमा संस्थापन इत्तर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि शुक्रबारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निणर्य गरिएको हो । माओवादीले यस अघिको सहमतिअनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निणर्य सहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निणर्य गरेको थियो ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस