तुलसीपुर, २० मंसिर ।
पछिल्ला ७ कारेबारहरुको निरन्तर गिरावटलाई आज बुधबारको कारोबारले रोकेको छ । आज बुधबारको सामान्य बढाईले पनि लगानिकर्तालाई आशा जगाएको छ । शुक्रबार राष्ट्र बैङकले मौद्रिक नितिको समिक्षा गर्दै छ । सोहि कारण पनि आज नेप्से सुचकमा बृद्घि देखिएको हुन सक्ने एक लगानिकर्ताले भने ।
निरन्तर ओरालो लागिरहेको नेप्से आज बुधबार सामान्य अंक बढेर बन्द भएको छ । आज बुधबार नेप्से परिसूचक ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ । त्यसैगरी आज फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ तर सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।
आज नेप्से बढेपनि कारोबार रकम घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ५० करोड बढिको शेयर कारोबार भएको बजारमा आज २९३ स्टकको ३४ हजार ९७१ पटकको कारोबारमा १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ त्यसै आज विजय लघुवित्तको शेयरमूल्य ८ प्रतिशत मन्दाकिनी हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र गणपति लघुवित्तको शेयर मुल्य करिब ७ प्रतिशत तथा माउन्टेन ईनर्जि , धौलागिरी लघुवित्त र सन नेपाल लाईफ इन्सुरेन्सको शेयर मुल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ । यसैगरी आज कारोबारमा आएको सिंगटी हाइड्रोको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ । सनराईज ब्लुचिप फण्ड र हिमालयन बैङकको १०% डिब्यन्चरको मुल्य ५ % तथा सबैको लघुवित्त , मिथिला लघुवित्त , बुद्घ भुमि हाईड्रोपावर र सिवाईसि लघुवित्तको सेयर मुल्य ४% बढिले गिरावट आएको छ ।
आज कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज ७ करोड ३४ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख १२ हजार माउन्टेन इनर्जिको ६ करोड १९ लाख, सिटिजन लाईफ को ५ करोड ७९ लाख , आएमई लाइफको ५ करोड ३७ लाख र सोना सिमेन्टको ३ करोड बढिको शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७० प्रतिशत घटेको छ ।