२०८१ असोज ४ गते शुक्रवार

काँग्रेसको लुम्बिनी प्रदेश अधिवेसन आजदेखि

दाङ, १६ मंसिर । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ । आज उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ ।

सम्मेलनमा ६ सय ७५ जना प्रतिनिधि सहभागी हुने काँग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताउनुभयो । पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्नेगरी सम्मेलनमा छलफल हुनेछ । त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले बताउनुभयो । सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस