२०८१ असोज ४ गते शुक्रवार

नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता

दाङ, १३ मंसिर । नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो ।गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ ।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् ।

यसअघि गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि रामबहादुर र सुरेन्द्रले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस