सल्यान, ७ असोज । सल्यानको कपुरकोट गाउँपालिकामा कार्यरत पशुपन्छी प्राबिधिकहरुको क्षमता अभिबृद्धिका लागि ३ दिने भेटेनरी सेवा सम्बन्धि तालिम सुरु गरिएको छ ।
गाउँपालिकाको आयोजनामा पशु शाखा तथा ६ वटै वडा स्तरमा रहेका पशुपन्छी सेवा केन्द्रमा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धिका लागि तालिम सुरु गरिएको हो ।
गाउँपालिकामा कार्यरत प्राबिधिकहरुलाई पशुपन्छीमा लाग्नसक्ने महामारीजन्य रोगको रोकथाम तथा पहिचान,रोगको नमुना संकलन,घरेलु उपचार बिधि,पशुपन्छीमा हुने प्रजनन् सम्बन्धि रोगको उपचार,रोग अनुसारको खोप र दिइने औषधीको मात्रा लगायतका बिषयमा दक्ष बनाउन तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
आइतबारबाट सुरु भएको तालिमलाई उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पालिकाको पशुपन्छी व्यवसायको प्रचुर संभावनालाई केन्द्रमा राखी पशुपालक कृषक,उधमी,व्यवसायीहरुलाई सहयोग पुय्राउने गरी प्राबिधिकहरुको क्षमता अभिबृद्धि तालिमले बिशेष भुुमिका खेल्ने बताउनुभयो ।
पालिकाले पशुपन्छी जन्य उत्पाडकत्वमा वृद्धिगर्ने,परम्परागत एवं निर्वाहमुखी पशुपन्छीपालनलाई व्यवसायीकरण गर्ने, दुग्ध पदार्थ,मासु ,अण्डा उत्पादन गरी कुपोषण हटाउने लगायतका कार्यक्रम बनाएको भण्डारीको भनाई छ ।
पश्ु शाखा प्रमुख अरुणा भण्डारीले सहजिकरण गरेको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढा,वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतले तालिमबाट प्राप्त गरेका ज्ञाननाई किसानका गोठ तथा खोर सम्म पुय्राएर सहयोग गर्न अनुरोध गर्नुभयो ।
मंगलबारसम्म हुने तालिमको प्रशिक्षकमा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका डा.जयन्त महत र शहिद नेत्रलाल बहुप्राकिधिक शिक्षालय सल्यानका डा.बालकृष्ण पाण्डे रहेका छन् ।