२०८१ असोज ४ गते शुक्रवार

रोल्पामा बजार अनुगमन : अधिकांश पसलबाट म्याद नाघेका सामान बरामद

रोल्पा, २९ भदौ । रोल्पाको रुन्टीगढी गाउँपालिका अन्तगर्तका विभिन्न बजारमा अनुगमन गरिएको छ । स्थानीय तहको दोस्रो पटकको निर्वाचन पछि दोस्रो पटकको अनुगमनमा रुन्टीगढी ४ को सुर्पाल बजार, वडा नं. ४ मसिना, वडा नं ४ उघा , वडा नं २ गोरीनेटा बजार, वडा नं ३ जवाङ, वडा नं ५ सैवाङ बजार, र वडा नं ५ जस्पुरमा रहेका पसलहरु अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा भारि मात्रमा म्याद नाघेका समानहरु बरामत गरिएको थियो । भारिमा मात्रामा फेला परेको म्याद नाघेका सामान अनुगमनमा खटिएका टोली र स्थानीयहरुको रोहोबरमा नष्ट गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सरिता केसीको संयोजकत्वमा गरिएको अनुगमनमा दुई नेतृत्व समुहमा बिभाजन भएर छुट्टा छुट्टै बजारहरको अनुगमन गरिएको थियो ।

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डागी नेतृत्वको टोलीले रुन्टीगढी वडा नं २ को गोरीनेत बजार र वडा नं ३ को जवाङ बजाररको अनुगमन गरेको हो । प्रशासन शाखा प्रमुख सानबाबु खड्का नेतृत्वको टोलीले वडा न ४ को सुर्पाल र वडा ५ को सैबाङमा बजार अनुगमन गरिको हो ।

केही समय अघि मात्र होलेरी बजार अनुगमन गरिएको थियो होलेरी बजार अनुगमन गर्दा ठुलो मात्रमा म्याद नाघेका सामान फेला पर।ेका थिए । तर अहिले सुर्पाल अनुगमन गर्दा भने होलेरी भन्दा कम म्याद नाघेका सामान फेला परेको हो ।

सुर्पालमा कम फेला पर्नु होलरी गरेको अनुगनको प्रभाव परेको उपाध्यक्ष केसीले बताउनुभयो । अनुगमन आवश्यता अनुसार जति खेरै पनि गाउँपालिकाले गर्न सक्ने पनि उहाले बताउनुभयो । यो अनुगमन पालिकाको लागि भन्दा पनि पालिका वासी उपभोक्ताहरुको हितको लागि गरिएको उहाले बताउनुभयो ।

त्यसै गरि स्वास्थ्यको हिसाबले अनुगमन अति महत्वपुणर् रहेको कुरा स्वास्थ्य शाखा प्रमुख गणेश बुढाल बताउनु भयो । त्यसकारण पनि बेला बेला बजार अनुगमन गरि रहनु पर्ने आवश्यक्ता भएको बुढाले बताउनुभयो । यसले कार्यले उपभोक्त सचेत हुनुको साथै उनिहरुको स्वास्थ्यमा आउने समास्याबाट केही हद सम्म सुधार हुने कुरा पनि उल्लेख गर्नुभयो ।

आम उपभोक्ताले म्याद गएका सामान प्रयोग नगरुन र कानुनी दायरा भन्दा बाहिर रहेका व्यवसायहरु कानुनी दाइरामा आउन भन्ने उदेश्यका साथ अनुगम गरिएको हो । अनुगमनमा पालिका उपाध्यक्ष सरिता के सी, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागी, प्रसासन शाखा प्रमुख सानबाबु खड्का रहनु भएको थियो ।

त्यस्तै अन्य शाखाहरुबाट स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, कृषि शाखा प्रमुख हिमा पुन, पशु शाखा प्रमुख तथा प्रबिधिक श्याममनि बि क र निम बहादरु डागी, उद्यमशिलता सहजकर्ता शाखाबाट रुपेश अधिकारी, पालिका फोकल पर्सन धुब्र प्रकाश मल्ल र वडा नं. २ का अध्यक्ष भिउलाल पुन लगाएत अनुगमनमा रहनु भएको थियो । त्यसैगरि प्रहरी कार्यालयबाट गुरुदेब चौधरी र टेकबहादुर खड्का सहित पालिकाका नगर प्रहरी टोली र पालिका कर्मचारीहरुको सहभागीतामा गरिएको हो ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस