२०८१ चैत्र ८ गते शुक्रवार

होलेरी बजारमा साढे ६२ क्विन्टल चामलमा अखाद्य वस्तु फेला

रोल्पा, १६ भदौ । रोल्पाको रुन्टीगढी गाउँपालिकाले बजार अनुगमन गरेको छ । उपाध्यक्ष सरिता केसीको संयोजकत्वमा रोल्पाको होलेरी बजार अनुगमन गरिएको हो ।

पछिल्लो समय रोल्पाका केही बजारहरुमा चामल तथा खाद्य पदार्थमा मिसावट भएको भेटिएछि बजार अनुगमन रुन्टीगढीमा तिब्र पारिएको हो ।

बजार अनुगमन गर्दा केही सामान म्याद नाघेको तथा चामलमा अखाद्य वस्तु मिसावट गरिएको भेटिएको छ । चामलमा अखाद्य वस्तु भेटिएपछि बेचबिखनमा रोक लगाइएको छ भने म्याद नाघेको सामान तथा पिय पदार्थ नष्ट गरिएको छ ।

म्याद नाघेका सामान रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको होलेरी बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङ साईडमा लगेर नष्ट गरिएको हो ।

म्याद नाघेका सामानमा सबैभन्दा बढी पिय पदार्थहरु रहेका थिए । म्याद नाघेको सामानहरु उपाध्यक्ष सरिता केसीको संयोजकत्वमा बसेको सर्वदलिय भेला तथा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएका प्रहरी टोली, पालिकाका कर्मचारी र पत्रकारहरुको बिचमा नष्ट गरिएको हो ।

मिसावट भएको चामल केही समयअघि फेला पेरेको जस्तै चामल भएको हँुदा नष्ट नगरी बेच्न प्रतिबन्द गरिएको छ । केही समय अघि भेटिएको मिसावट भएको अखाद्य वस्तु ल्याब टेस्टको लागि लगीएको हँुदा त्यसको नतिजा नआउन्जेल जिल्ला प्रशासनले नष्ट नगर्न आदेश दिएपछि बेच बिखनमा मात्र प्रतिबन्द लगाइएको हो ।

होलेरी बजारको दाजुभाई सस्तो पसलबाट २५ केजीको ६७ बोरा चामल, जि बि स्टोरबाट २५ केजीको सत्यम चामल ८७ बोरा, शक्तिमान २५ केजीको ३२ बोरा, ,दिपेश सप्लायर्सबाट सोना मन्सुली २५ केजीको ५ बोरा, होलेरी तरकारी तथा गल्ला पसलबाट सोना मन्सुली २५ केजीको २१ बोरा ,सुनिता स्टोरबाट २५ केजीको कस्तुरी चामल १८ बोरा, संगीता पसलबाट २५ केजीको सत्यम चामल ७ बोरा र अर्को एक किराना पसलबाट २५ केजीको सत्यम चामल १३ बोरा गरि २५० बोरा चामल फेला परेको छ ।

त्यसैगरि अन्य सामानहरुमा कुरमुरे ४८ प्याकेट, हेयर आयल १ डिब्बा बियर २७ वटा बोतल, सुजि २३ प्याकेट प्याज बिऊ २ प्याकेट, फ्यान्ट १७ प्याक, मिरिन्डा १६ प्याक, फन ७ प्याक, फिज ५१ प्याक, माउन्टेन डिउ १८२ प्याक, चिसो ओरेन्ट २ प्याक, कोक ९ प्याक खाने तेल ८ प्याकेट, बिस्कुत ११७ प्याकेट र चकलेट १ डिब्बा म्याद नाघेका सामान फेला परेको थियो ।

अनुगमनको बेला केही पसलहरु बिना दर्ता सञ्चालन भइरहेको पाइएकोले १० दिन भित्र दर्ता गरेर सञ्चालन गर्ने निर्देशन दिएको उपाध्यक्ष सरिता केसीले जानकारी दिनुभयो । त्यसैगरी चाडपर्व नजिकिदै गर्दा उपभोक्ता ठगिनबाट बचुन भन्ने उदेश्यले बजार अनुगमन गरिएको प्रशासन प्रमुख सानबाबु खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस