२०८१ मङ्सिर २२ गते शनिवार

सानीमा रिलायन्स लाईफका अभिकर्तालाई पुनर्ताजकी तथा सम्मान

तुलसीपुर, ९ भदौ । सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स तुलसीपुर शाखाले अभिकर्ता पुनर्ताजकीकरण तथा तीज विषेश कार्यक्रम गरेको छ ।

शाखा प्रमुख डम्बर केसीको अध्यक्षता तथा क्षेत्रिय प्रवन्धक दिपक कुमार वलीको प्रमुख आतिथ्यता र क्षेत्र प्रवन्धक रुद्रप्रसाद अधिकारीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा क्षेत्रिय प्रवन्धक वलीले सानीमा रिलायन्स लाईफ इन्स्योरेन्समा बीमा व्यवसायको दायरा फराकिलो बन्दै गएको बताउनुभयो । उहाँले सम्पूणर् अभिकर्ताहरुलाई यस अवसरको अधिकतम सीप र ज्ञान हासिल गरि बीमा व्यवसाय विस्तार गर्न आग्रह गर्नुभयो ।

क्षेत्र प्रवन्धक रुद्रप्रसाद अधिकारीले कम्पनीको विश्वसनियता बढ्दै गएकाले पनि बीमा बजारको दायरा फराकिलो बन्दै गएको बताउनुभयो । यस्तै तुलसीपुर शाखा प्रमुख डम्बर केसीले अभिकर्ताहरुको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले मेरो सुनिश्चित प्रतिफल जीवन बिमा योजनामा बिमितले दुई गुणा बढी रकम पाउने गरेको पनि बताउनुभयो । कार्यक्रममा ६३ जनाको सहभागीता रहेको थियो । त्यस अवसरमा अभिकर्तालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रमको सहजीकरण तुलसीपुर शाखाका मार्केटिङ अफिसर करुणा केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस