दाङ, ६ साउन । कोदोको ढिँडो । सीन्की र आलुको झोल । बदिया भालेको मासु साथमा जौको सातु र मही पनि यस्तै यस्तै खानाका परिकार । बजारमा बाहिरबाट आयातित वस्तुले बर्चश्व जमाईरहेका बेला रैथाने खानाको प्रवद्र्धनका लागि तुलसीपुरमा रहेको कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्सले ‘खाना संस्कार’ कार्यक्रम गरेको छ ।
लोप हुँदै गएको रैथाने खानाको महत्व बुझाउन कुमाख कलेजले ‘खाना संस्कार ’ कार्यक्रम नियमित गर्न थालेको कलेजका प्रवन्ध निर्देशक तुफान केसीले बताउनुभयो ।
‘रैथाने खानाको महत्व बुझाउन ‘खाना संस्कार’ कार्यक्रम गरी निशुल्क रुपमा रैथाना खाना खुवाउने गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘शनिबार पनि तुलसीपुरमा कोदोको ढिँडो, सीन्की र आलुको झोल, बदिया भालेको मासु साथमा जौको सातु र मही लगायतका परिकार खुवाएका छौँ ।’
रैथानै खानाको महत्व बुझाउन सके र बानी पार्न सके स्थानीय उत्पादनको बजारीकरण पनि हुने उहाँले बताउनुभयो । ‘अझै रैथाने खानाको माग बढीसकिको छैन् ।’ उहाँले भन्नुभयो-‘अहिले हामीले खुवाएपछि विस्तारै प्रचारप्रसार हुने देखिन्छ ।’
उहाँले कुमाख क्याफेमा समेत रैथाने खानाको रुपमा कोदोको पानी रोटीलाई प्यान केकको रुपमा ग्राहकलाई उपलब्ध गराउने गरेको बताउनुभयो ।
तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले रैथाने खानाको बजारीकरणका लागि कुमाख कलेज र कुमाख क्याफेले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
‘समय परिवेशले गर्दा धेरैले स्थानीयस्तरमा पाइने कोदो, मकैको ढिडो खान बिर्सिसकेको अवस्था छ ।’ उहाँले भन्नुभयो-‘स्वास्थ्यका लागि पनि फाइदाजनक र स्थानीय कच्चापदार्थबाट बन्ने भएकाले पनि रैथाने खानालाई बजारीकरण आवश्यक देखिन्छ, त्यसका लागि कुखाक कलेज र क्याफेले प्रचारप्रसारमा महत्वपूणर् भूमिका खेलेको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरी रैथाने खानाको प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । नीजिस्तरबाट भएको प्रयासलाई सरकारले पनि साथ दिन सके आत्मनिर्भरताको बाटोमा जाने उहाँले बताउनुभयो ।
यसैबिच कुमाख कलेज र डिभाईन टेम्पलका बिच शैक्षिक साझेदारी भएको छ । डिभाईन टेम्पलमा होटेल म्योनेजमेन्ट पढने विद्यार्थीले कुमाखमा प्रयोगात्मक कक्षा लिन पाउने र कुमाखमा पढेका विद्यार्थीले डिप्लोमाका लागि डिभाईनमा पढ्ने गरी शैक्षिक साझेदारी भएको हो ।
कलेजका प्रवन्ध निर्देशक तुफान केसी र डिभाईन टेम्पलका संचालक भोजराज घिमिरेका बिच शैक्षिक साझेदारी भएको हो ।