२०८१ जेष्ठ ५ गते शनिवार

घट्यो इन्धनको मूल्य

दाङ, ३१ असार । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित इन्धनको मूल्य घटाएको छ । आज (आइतबार) राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

अब ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोल काठमाडौँ उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ र डिजेल प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । डिजेल र पेट्रोलको मुल्य ठाउँ अनुसार फरक फरक हुने निगमले जनाएको छ ।

निगमले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि बढ्नेछ र मूल्य घटेर आउँदा घट्ने गरी पूर्ण स्वचालित प्रणाली लागू गरिएको निगमले जनाएको छ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउने गरेको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस