दाङ, २९ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही आज दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले गरेको आन्दोलनका कारण प्रतिष्ठान आज पनि तनावग्रस्त बनेको हो ।
मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन् ।
घटनापछि मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् । डाक्टरको लापरवाहीले बालकको मृत्यु भएकोले सत्यतथ्या छानबिन गरी दोषिलाई कार्बाही नहुँदासम्म आन्दोलन फिर्ता नलिने बालकको आमा कमला नेपालीले बताउनुभयो ।
यसैबिच प्रतिष्ठानमा पिडित पक्षको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले डाक्टरलाई सुरक्षा प्रदान गरिरहेको छ । आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ ।
तस्बिर : प्रियास्मृती गजमेर
आन्दोलन हिंसात्मक हुन सक्ने भएको आवश्यक सावधानी अपनाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताउनुभयो ।
पिडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबिच सहमतीका लागि छलफल भएपनि टुंगोमा लाग्न नसकेको पत्रकार प्रियास्मृती गजमेरले जानकारी दिनुभयो ।