
तुलसीपुर, २२ जेठ । नेपाल टे्रड युनियन महासंघ जिफन्टले दाङ जिल्लाका सवै पालिकामा कमिटी गठन गर्ने अभियान चलाएको छ ।
संगठित वा असंगठित रुपमा काम गर्ने श्रमीक वर्गहरुलाई एकताबद्ध गर्ने उद्देश्यले पालिका स्तर हुदै जिल्लामा कार्यसमिति गठन गरिएको छ ।
हाल सम्म जिल्लाका तुलसीपुर, घोराही, लमही र गढवामा जिफन्ट गठन गरिएको छ । सोहि अनुसार आज सोमवार घोराहीमा सम्पन्न भएको श्रमीकहरुको भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ ।
नेपाल टे्रड युनियन महासंघ जिफन्ट तुलसीपुर उपमहानगर स्तरिय समितिका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको हो ।
जिफन्टको विधान अनुसार नगर अध्यक्ष नै जिल्ला अध्यक्ष हुने व्यवस्था भएकाले भण्डारीलाई अध्यक्षमा चयन गरिएको छ । जसको उपाध्यक्षमा कुमारी चौधरी, सचिवमा बसन्त चौधरी रहनु भएको छ । यस्तैगरी सदस्यहरुमा गोहराज चौधरी, लल्लु चौधरी, अमित चौधरी, आनन्द चौधरी, अर्चना चौधरी र राजकुमार चौधरी रहनु भएको छ ।
सो अवसरमा जिफन्टका उपाध्यक्ष तथा सामाजिक सुरक्षा प्रमुख कमल गौतमले श्रमीकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमीकहरुको हितका निम्ति भएकाले यसमा आबद्ध हुन उहाले आग्रह गर्नुभएको छ ।सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपसचिव खगेन्द्र वली, जिल्ला संगठनका सचिव खिम बहादुर डाँगी र कोषाध्यक्ष दिपक खड्का लगाएतको सहभागिता रहेको थियो ।