२०८१ चैत्र ६ गते बुधवार

‘माओवादी ठुला पाटीलाई विभाजन गराएर लाभ लिने दाउमा छ’ : महासचिब पोखरेल

नेकपा एमालेका महासचिब शंकर पोखरेलले एमालेलाई कमजोर बनाउन सत्ता गठबन्धन सक्रिय भएको आरोप लगाउनुभएको छ । महासचिब पोखरेलले एमाले जस्तासुकै घेराबन्दी तोड्न सफल हुने दाबी गर्नुभयो ।

नेकपा एमाले दाङ जिल्ला कमिटीले तुलसीपुरमा आयोजना गरेको दंगाली कम्युनिष्ट आन्दोलनका अगुवा नेत्रलाल पौडेल अभागीको ४० औँ स्मृतिसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचन र अन्य समयमा नेकपा एमालेमाथि चौतर्फी घेराबन्दी हुने गरेको बताउनुभयो ।

एमाले पाटी बलियो शक्तिको रुपमा रहेको दावि गर्दै महासचिब पोखरेलले माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ठुला पाटीलाई विभाजन गरी लाभ लिने दाउमा रहेको आरोप लगाउनुभयो ।

उहाँले पार्टीलाई २०८४ सालको निर्वाचन गतिविधी र लक्ष्यका साथ काम गर्न समेत सहभागी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी संगठन सुदृढीकरण गर्नलाई पछिल्लो पटक मिसन ग्रासरुढ कार्यक्रमलाई दलेशब्यापी बनाएको भन्दै चार बर्षपछि हुने निर्बाचनलाई लक्षित गरेर गतिबिधी अघि बढ्ने दाबी गर्नुभयो ।

पछिल्लो समयमा केही पार्टीको चर्चा बढी हुने गरेको बताउँदै महासचिब पोखरेलले उनीहरुको समाज बिकासका लागि भूमिका उल्लेख्य हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सचिब भागवत बिश्वासीले देश निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । करिब दुई बर्षअघि एकीकृत समाजबादीतिर लागेर गल्ती गरिएको भन्दै एमाले पार्टीमा फर्किनुभएका नेता बिश्वासीले दुई बर्षपछि घर फर्किएको बताउनुभयो ।

स्मृतिसभामा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सचिब भागवत बिश्वासीको नेतृत्वमा पुर्ब स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सचिब शारदा स्वणर्कार, जिल्ला अध्यक्ष सुरामणी बेल्बासेसहित चार सय ३० बढी नेता कार्यकर्ता एमाले फर्किएका छन् ॥

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस