२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा सानीमा रिलायन्स अभिकर्तालाई अभिमूखिकरण

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनिले तुलसीपुरमा अभिकर्तालाई पुर्नताजकी अभिमूखिकरण गरेको छ । कम्पनिले करिब ६० जना बढी अभिकर्तालाई पुर्नताजकी अभिमूखिकरण गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्सेरेन्स कम्पनिका क्षेत्रिय प्रमुख दिपक कुमार वलीले हरेक नागरिकले बिमा गर्नु अनिवार्य रहेको बताउनुभयो । अभिकर्तालाई बिमाको नीतिबारे जानकारी दिँदै प्रमुख वलीले बिमाले आफुसंगै घरपरिवारको पनि खुशी थपेको बताउनुभयो ।

कम्पनिका तुलसीपुर प्रमुख डम्बर केसीको अध्यक्षतामा तालिमको उद्घाटन कार्यक्रम भएको हो । प्रमुख केसीले आत्मविश्वास र परिश्रमले मात्रै सफलता प्राप्त गर्न सकिने बताउनुभयो । त्यस अवसरमा कम्पनिका घोराही एरिया प्रमुख रुद्रप्रसाद अधिकारीले सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष अनिवार्य रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस