२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुरका दुई बरफ उद्योगबाट ११० किलो बरफ जफत

तुलसीपुर- तुलसीपुरबाट एक सय दश किलो बरफ जफत गरिएको छ । बजार अनुगमनको क्रममा दुई वटा बरफ उद्योगबाट ११० किलो बरफ जफत गरिएको हो ।

तुलसीपुर-५ ‘ख’ लाइनमा रहेको बरफ उद्योगबाट १ सय केजी र तुलसीपुर-५ नामिनगरमा रहेको बरफ उद्योगबाट १० केजी बरफ मापदण्ड विपरित बनाएको भेटिएपछि बरामद गरिएको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो ।

बिहिबार गरिएको अनुगमनको क्रममा धाराको पानी प्रयोग गरेर बरफ बनाएको देखिएपछि उत्पादित वरफ जफत गरिएको प्रमुख शर्माले बताउनुभयो ।

व्यवसाय दर्ताको नविकरणसमेत नगरी व्यवसाय संचालन गरेको देखिएको उहाँले बताउनुभयो । जफत गरिएको बरफ नष्ट गरिएको छ । त्यस अवसरमा अन्य दुई वटा आइसक्रिम पसलमा पनि अनुगमन गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस