२०८१ मङ्सिर २३ गते आइतवार

लुम्बिनी प्रदेश सरकारले अझै पाएन पूर्णता

दाङ –लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको दुई साता वितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन् ।

मुख्यमन्त्री चौधरी अहिले काठ्माण्डौमा भेटघाटलाई तिब्रता दिनुभएको छ । मन्त्रीको भागबण्डा र मन्त्रीको नाम टुंगो लगाउन मूख्यमन्त्री चौधरीले शिर्ष नेतालाई भेटघाट गरिरहनुभएको स्रोतले जनाएको छ ।

संोतका अनुसार प्रदेशमा भागवण्डा पु¥याउन मन्त्रालय थप्ने तयारी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दशवटा मन्त्रालय रहेको लुम्बिनीमा गठबन्धनमा भागवण्डा पु¥याउन दुईदेखि तीनवटा मन्त्रालय थप्ने तयारी छ ।

गठबन्धनभित्र मन्त्रालय थप्ने विषयमा सहमति जुटेअनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालयको नेतृत्व गर्नेे छ । सरकारमा सहभागी माओवादी केन्द्रले तीनवटा मन्त्रालय पाउने छ । अन्य साना दललाई एक–एक मन्त्रालय दिएर भाग पु¥याउने सहमति भएको स्रोतले जनाएको छ । कांग्रेसबाहेक अन्य दलमा मन्त्री बन्नेहरूको विषयमा सहमति जुटेको दावी गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस