२०८२ बैशाख १० गते बुधवार

शिक्षक सरुवाको बिरोधमा घोराहीमा शिक्षकको प्रदर्शन

दाङ, बैशाख १५ । दाङको घोराही उपमहानगरपालिकाले ऐन–नियम विपरित आस्थाका आधारमा फरक विचार राख्ने शिक्षकहरुको अन्यायपूर्ण सुरुवा गरिएको भन्दै शिक्षकहरूले आज शुक्रबार घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
ब्यानर र हात हातमा विभिन्न अधिकारमुखि नारा लेखिएका प्ले कार्ड बोकेर शिक्षकले घोराहीमा जुलुस निकालेका थिए ।

गत चैत ८ गते घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको थियो । उक्त सुरुवा शिक्षक महासंघको सहमति विपरित गरिएको भन्दै गत चैत १४ गतेदेखि शिक्षकहरु विभिन्न प्रकारका आन्दोलनका कार्यक्रमहरु गर्दै आएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनु भयो।


५ सय बढी शिक्षकको सहभागिता रहेको र्‍याली
नेपाल शिक्षक संघको कार्यालयबाट सुरु भएको विरोध र्‍याली शहिदगेट, घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्याल,जिल्ला शिक्षा समन्वय इकाइको कार्याल हुँदै तुलसीपुरचोकमा आएर सकिएको थियो ।

नेपाल शिक्षक महासंघ घोराही नगर समितिको आयोजनामा भएको बिरोध र्‍यालीपछि आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्वोधन गर्ने बक्ताहरुले ऐन–नियम विपरित नेपाल शिक्षक महासंघ र पेशागत संघ–संगठनको सहकार्यबिना आस्थाका आधारमा आतंक मच्याउने गरी गरिएको शिक्षक सुरुवा खारेज गर्न माग गरेका थिए ।


शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई बेवास्था गरेर शिक्षकहरु कक्षा कोठा बन्द गरेर सडकमा आउन बाध्य हुने भन्दै अन्यायपूर्ण रुपमा गरिएको शिक्षक सुरुवा खारेज गर्न माग गरेका थिए । साथै उनीहरुले नमूना विद्यालयका नाममा उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समितिमा सम्वन्धीत वडाको वडा अध्यक्षलाई नराख्ने र तीन जना कार्यपालिका सदस्यलाई सदस्यलाई सदस्यमा राख्ने कार्यविधि बनाएर बर्तमान नेतृत्व विद्यालय कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाएका थिए ।


घोराहीको तुलसीपुरचोकमा भएको बिरोध कार्यक्रमलाई नेपाल शिक्षक संघका पुर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोबिन्द न्यौपाने,एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्यीय बिष्णुप्रसाद खनाल ,नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय,नेपाल टेड युनियन कांग्रेसका लुम्बिनी प्रदेशका उपाध्यक्ष युवराज बस्नेत,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष झक्कुप्रसाद केसी, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष इश्वरीप्रसाद पाण्डेय, अखिल नेपाल शिक्षक संघ घोराही नगर समितिका अध्यक्ष उमकला खनाललगायतले विरोध र्‍यालीलाई सम्वोधन गरेका थिए ।

विरोध कार्यक्रम नेपाल शिक्षक महासंघ घोराही नगर समितिका अध्यक्ष निशान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई सहअध्यक्ष हुमबहादुर रानाले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ घोराही नगर समितिका सभापति खिमप्रकाश पुरिले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस