२०८१ माघ ८ गते मङ्गलवार

दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

घोराही, १४ वैशाख । दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा प्रविणकुमार भण्डारी निर्वाचित हुनुभएको छ । संघको आज भएको चुनावमा व्यवसायिक प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार बन्नुभएका निवर्तमान अध्यक्ष ईश्वर पुनलाई पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

भण्डारीले पुनलाई १२ मतले पराजित गर्दै अध्यक्ष पदमा जित निकाल्नु भएको हो । भण्डारीले ७२ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी पुनले ६० मत मात्रै प्राप्त गर्नुभएको हो ।

यस्तै वरिष्ठ उपध्यक्ष सोकबहादुर रोका निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धि सुरेश पोखरेललाई १३ मतले पछि पार्दै रोका निर्वाचित हुनु भएको हो । रोकाले ६७ मत प्राप्त गर्दा पोखरेलले ५४ मत प्राप्त गर्नु भएको हो । यस्तै प्रथम उपाध्यक्षमा लेखराज वलीले ६९ मत प्राप्त गर्दै जित निकाल्नु भएको छ । उहाँका प्रतिस्पर्धि गोपालप्रसाद घिमिरेले ५३ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।

महासचिवमा मिनबहादुर घर्ति ५५ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ भने उहाँ प्रतिस्पर्धि सुदन केसीले २१ र उमाकान्त घिमिरेले ३९ मत पाउनु भएको थियो । सचिवमा मदनकुमार आचार्य र सहकोषाध्यक्षमा प्रकाश केसी विजयी हुनुभएको छ । आचार्यले ७३ मत र केसीले ६८ मत प्राप्त गर्दै जित निकाल्नु भएको हो । सचिवका प्रतिस्पर्धी कमल कुमाकीले ४८ र भक्तबहादुर बुढा मगरले ४३ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।

यस्तै कोषाध्यक्ष र द्वितीय उपाध्यक्ष निर्विरोध निर्वाचित भएपनि बाकी पदका लागि मात्रै चुनाव भएको थियो । कोषाध्यक्षमा सुर्दशन श्रेष्ठ र द्वितीय उपाध्यक्ष कृष्ण खड्का निर्विरोध निर्वाचित भैसक्नु भएको छ ।


यस्तै सदस्यहरुमा प्रकाश महतरा, शभ्भु विसी, राजेन्द्र श्रेष्ठ, प्रमोदकुमार योगी, रामजंग मल्ल, बसन्त गिरी, प्रदिपकुमार केसी र नरेन्द्र कार्की निर्वाचित भएको निर्वाचन समितीका संयोजक कुलबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस