२०८१ मङ्सिर २३ गते आइतवार

स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ, १२ बैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ । वाग्ले निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा करिब १५ हजार बढी मत ल्याएर निर्वाचित हुनुभएको हो ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याउनुभएको हो । अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याउनुभएको हो । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुनुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस