२०८० फाल्गुन २२ गते मङ्गलवार

बालविवाह गरेको आरोपमा दुलाह-दुलहीसहित तीन जना पक्राउ

दाङ, २२ चैत । दाङमा बालविवाह गरेको आरोप प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
चैत १९ गते मंगलबार बिवाह गरिरहेको अवस्थामा प्रहरीले दुलाहा-दुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

बंगलाचुली गाउँपालिका-४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताउनुभयो ।

केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उहाँले बताउनुभयो । यसबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस