
दाङ, २१ चैत । नमस्ते एकता यातायात प्रालि तुलसीपुरको नयाँ कार्यसमिति चयन गरिएको छ ।
सोमबार तुलसीपुरमा भएको विषेश भेलाले रोमहर्ष केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रालिको उपाध्यक्षमा सालिकराम भण्डारी, सचिवमा होताराम बिष्ट, कोषाध्यक्षमा तिलकराम भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यमा कणर्बिर सार्की, लोक बहादुर केसी, जेम बहादुर सुनार, पोषणराज बस्नेत, निमराज भुषाल, ओम प्रकाश भण्डारी, मँहानन्द पोख्रेल चयन हुनुभएको छ ।
समितिको सल्लाहकारमा ईश्वरी प्रसाद गैरे र प्रेस सल्लाहकारमा जीतसागर जी.एम. रहनुभएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार