२०८१ मङ्सिर २३ गते आइतवार

उस्तै छ अबस्था…..

लोकतान्त्रिक गणतन्त्र आयो नि यहाँ
फेरियो ब्यबस्था !
दुखीका दुख जस्ताको तस्तै
उस्तै छ अवस्था !
बाटो र घाटो बिजुली पानी
झिनो छ ब्यवस्था ।
सामाजिक रूपमा संस्कृति कमजोर
बिगृयो अबस्था!
धनी र गरिब झन खाडल बढ्यो
फेरेनी ब्यबस्था!
बर्गिय फुर्ती बढेको छ नि
उस्तै छ अबस्था !
क्रान्ति गर्‍यो नेपाली जन्ता
बदल्यो ब्यबस्था !
रुप र रङमा फरक भयो
उस्तै छ अवस्था !
रोजगार कमि ,निर्यात कमि
फेरेनी ब्यबस्था !
संकिर्ण स्वार्थ बढेर गयो
अस्थिरभो अवस्था !
राजनीति बेचैन बढेर गयो
फेरि नि ब्यबस्था !
युवाको शक्ति बिदेश पलायन
रित्तो छ अबस्था !
लोकतान्त्रिक गणतन्त्र नराम्रो होइन
राम्रो हो ब्यबस्था !
संचालन गर्न नजानदा खेरी
बिगृयो अवस्था !
सहिद भए नेपाली जनता
फेरिदा ब्यबस्था !
किसान मजदुरको दुख उस्तै
उस्तै छ अबस्था !

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस