२०८१ चैत्र ८ गते शुक्रवार

सरकार विस्तारमा प्रधानमन्त्रीलाई सकस : कांग्रेसभित्रै मन्त्रीबन्ने होडवाजी

काठमाडौं, ३ चैत । प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तारको तयारी थाल्ने दिन नजिकिएसंगै मन्त्री बन्न कांग्रेस नेताहरुको दौडधुप बढेको छ । पार्टीले दावी गरेका मन्त्रालय नै भागमा पर्ने पक्का नभएका कारण को मन्त्री बन्न जाने पक्का नभएपनि महत्वपूर्ण मन्त्रालय पाए पुरानै अनुहार नत्र नयाँ अनुहारलाई समेटिने गरि दलहरु अघि बढेका हुन । जहाँ सरकारको आयूमाथि नै आशंका गर्दै ठुला नेताहरु मन्त्री बन्ने सम्भावना कम भएको विश्लेषण समेत सुरु भएको छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको तयारीका वीच मन्त्री बन्ने लाईनमा रहेकाहरुको दौडधुप बढेको छ ।

विश्वासको मतको सन्दर्भमा भने ९ दलीय गठबन्धनका शीर्ष नेताहरूबीच चैत ६ मिति उपयुक्तहुने विषयमा छलफल भईरहँदा यहि हप्ताभित्रै सरकार विस्तार हुने सम्भावना छ । यहि कारण दलहरुले आफ्नो वार्गेनिङ समेत अघि सार्दा दलहरुमा नेताहरुको दावी समेत बढेको छ । अहिलेसम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल सुरु नभएको दावी छ । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन् । अर्थ नै परे मन्त्री बन्न जान कांग्रेस भित्र नेताहरुको दौडधुप चर्को छ ।

कांग्रेस नेताहरुका अनुसार अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदयशमशेर राणा छन् । जहाँ महामन्त्री गगनकुमार थापा अर्थमन्त्रीका आंकाक्षी मानिएको थियो । महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्रीनहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ । यद्यपीमहतले आफ्नो दावी स्वभाविकभएको अभिव्यक्तिदिँदापूर्व अर्थमन्त्रीकार्कीले अर्थ मन्त्रालयमाआफ्नो दाबीबारे केहीबोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँगनिरन्तर लबिइङ गर्दै आएकाबताइदा राणाले पनिदावीकायम राखेका छन ।

सांसदको संख्याको अनुपातमामन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमाकांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमाकांग्रेसको दाबी छ । तर भागवण्डा टुङगो नलागेको अहिलको अवस्थामाकांग्रेसले दावीअनुसारकै मन्त्रालय पाउछ भन्नेमा ढुक्क हुने सक्ने अवस्था छैन । जसले कुनमन्त्रालयभागमा पर्छ भन्ने टुङगो लागेपछि मात्र कस्ता अनुहार दोहोरिन्छन भन्ने पक्काहुने नेताहरु बताउँछन । फलत कांग्रेसको नेतृत्व गरेर अर्थमन्त्रालयपाए डा.शेखर कोइराला नै मन्त्रीबन्ने आकांक्षामा रहेको चर्चा पनि छ ।

अर्कातर्फ गृहमन्त्रालयपाए पार्टीको नेतृत्वगर्दै उपसभापती पूर्णबहादुर खड्का नै मन्त्रीबन्न सक्ने विश्लेषण छ । तर सार्वजनिकअभिव्यक्तिकै क्रममाउनले आफू मन्त्रीनबन्ने बताइसकेका छन । यताप्रधानमन्त्री प्रचण्ड पनि सरकारमानयाँअनुहार खोजिरहेका छन् भने अन्य दलहरुबाट मन्त्रीबन्नआउनेहरुको अनुहारले पनिकांग्रेसबाट कस्ता व्यक्तिजाने भन्ने निर्धारण गर्ने छ । तर राजनीतिकविश्लेषक पुण्य प्रसाई भने यो सरकारको आयू मै आशंका गर्छन । जसले पुराना नेताभन्दानयाँअनुहार मन्त्रीबन्ने सम्भावना बढेको उनको तर्क छ ।

यसरी हेर्दा कांग्रेसका ९८ जना सांसद मध्ये सभापति शेरबहादुर देउवा र महामन्त्रीगगनथापाबाहेक सबै मन्त्रीको दौडमा छन् । फलत : औपचारिक र अनौपचारिक दुवै तवरबाट उनीहरु लविङमालाग्दाप्रधानमन्त्री प्रचण्डलाई कांग्रेसभित्रको कुरा मिलाउने चुनौतीपनि छ । पुस १० को गठबन्धन फेर्न कांग्रेसको सबै पक्षको साथखोजेका प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमाकांग्रेसभित्रदुई वटा समूह छ भन्ने कुरा राम्ररी बुझेका छन् । यता देउवाभने शेखर–गगन समूहको एकदुई जनातानेर मन्त्रीबनाइदिने रणनीतिमा छन । -योहो खबरबाट

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस